अस्पताल डुलाउदा, डुलाउँदै कोरोना संक्रमितको मृत्यू

अस्पताल डुलाउदा, डुलाउँदै कोरोना संक्रमितको मृत्यू
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा । पाल्पामा एक जना कोरोना संक्रमितको अस्पतालमा डुलाउदा डुलाउँदै उपचार नपाएर मृत्यू भएको छ । तानसेन नगरपालिका वडा न. ७ का ५२ बर्षिय पुरुषको बुटवलका विभिन्न अस्पतालमा लगिएपनि भर्ना नलिएपछि पुन पाल्पा फर्किएर ज्यान गुमाएका हुन ।

कलेजो र पेटका रोगी समेत रहेका उनी भदौ २१ गते पाल्पा स्थित यूनाईटेड मिसन अस्पताल भर्ना गरिएको थियो । कोरोना शंका गरेपछि अस्पतालले भदौ २६ गते स्वाव संकलन गरि पिसिआर परीक्षण गरेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराइले बताए ।

२९ गते पिसिआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएपछि भदौ ३० गते मंगलबार बुटवल कोरोना अस्पतालमा बिरामीलाई पठाइएको भट्टराईले बताए । ‘हाम्रो अस्पतालमा भेन्टिलेटर नभएकाले बुटवल पठाएका हौं ।  तर बुधबार फेरी यहि ल्याउनुभयो । आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । विहिबार विहान मृत्यू भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने ।  पाल्पाबाट भदौ ३० गते बुटवल स्थित कोरोना अस्पतालमा ल्याएको भएपनि अस्पतालले बेड खाली नभएको भन्दै भर्ना लिएन । एम्बुलेन्समा राखेर पुन उपचार पाउने आशमा भैरहवा स्थित भिम अस्पताल पु¥याइएको थियो ।

 तर, त्यहाँ पनि भर्ना नलिएपछि पुनः पाल्पा फर्काउदा मृत्यू भएको आफन्तहरुले बताएका छन् । मृतकका परिवारले अस्पतालले भर्ना नलिएकै कारण मृत्यू भएको बताएका छन् । तानसेन नगरपालिकाले मिसन अस्पतालको चिकित्सकीय सेवा सहित १२ बेडको आइसोलेसन सञ्चालन गरेको छ । बुटवलमा भर्ना नै नलिएपछि मृतक पुरुषलाई पनि त्यहि राखेर उपचार गरिएको थियो । पाल्पामा यो सँगै कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या तीन पुगेको छ ।

यसअघि कोरोना संक्रमणबाट पूर्वखोला गाउँपालिकाका १ का ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीय महिलाको मृत्यु भएको थियो । पाल्पामा अहिलेसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ  । जिल्लाका विभिन्न आइसोलेशनमा ९९ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।