पुरा हुँदै प्रधानमन्त्री ओलीका सपना, नेपालमा रेल आयो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई बाँडेको एउटा सपना थियो, नेपालमा रेल सेवा चलाउने । त्यो सपना पुरा भएको छ । नेपालको झण्डा भएको आफ्नै रेल शुक्रबार नेपाल आएको छ । जनकपुर–जयनगर रुटमा चलाउनका लागि नेपालले खरीद गरेको दुइवटा रेल भारतबाट आज शुक्रवार जनकपुरधाम आइपुगेको छ । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर-जयनगर चल्ने शुक्रबार रेल जनकपुरधाम स्टेसनमा आइपुगेको हो । रेललाई स्वागत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली र रेल विभागको टोली जनकपुरधाम पुगेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। तर रेल्वे विभागले केहिदिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि नेपाल ल्याइएको हो । रेलको परीक्षणपछि मात्रै औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल्वे विभागले केहीदिन अगाडि मात्रै १ सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याइएको हो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ।
लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
नेपालमा पहिलो पटक बेलायत सरकारले रक्सौल–अमलेखगन्ज रेल सेवा १९८४ मा संचालनमा ल्याएको थियो। त्यो रेल सेवा शूरु भएको ३८ वर्षपछि २०२२ मा बन्द भएको थियो। उक्त रेलसेवाले तराई मधेसका मानिसलाई मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्त पुर्याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे।
विक्रम संवद १९९४ मा जयनगर–जनकपुर– बिजलपुरा रेल सेवा सुरु भएको बताइएको छ। करिब ५२ किलोमिटरको यो रेल सेवा सुरुमा कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। यो बेला रेल सेवा मानिस ओहोरदोहोर गर्न भन्दा पनि मालसामान ओरापसार गर्न सुरुवात भएको थियो।

प्रतिकृया दिनुहोस्