कुलमान घिसिङलाई सरकारले नयाँ जिम्मेवारी दिन चाहेको सरकारका प्रबक्ता मन्त्री ज्ञावलीको भनाई

कुलमान घिसिङलाई सरकारले नयाँ जिम्मेवारी दिन चाहेको  सरकारका प्रबक्ता मन्त्री ज्ञावलीको भनाई
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमानलाई  पुनः नियुक्ती गर्ने कानुनी समस्या रहेको बताए । एक कार्यकालपछि अर्को कार्यकाल थप्न कानुनी प्रावधान तथा व्यवस्था नरहेकाले खुल्ला प्रतिस्पर्धाबाट नयाँ नियुक्ति गर्ने मन्त्री ज्ञावलीले बताए ।    प्रेस संगठन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले ‘कुलमानजिको काम प्रति सरकार सकारात्मक रहेको बताए । कुलमान घिसिङलाई नयाँ जिम्मेवारी दिने विषयमा सरकारले छलफल सुरु गरेको समेत उनले बताए ।

                कसैको एक्लो प्रयासले लोडसेडिङ्ग मुक्त भएको होइन । प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शिता, उर्जामन्त्रीको प्रयास र योजनासँगै कुलमान घिसिङको कुसल व्यवस्थापनले लोड सेडिङ्ग मुक्त भएको मन्त्री ज्ञावलीले जिकिर गरे ।

कारका प्रवक्ता मन्त्री ज्ञवालीले मेलिेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता ससंदबाट अनुमोदन हुने बताए । कार्यदलकै सुझाव बमोजिम सच्याएर भएपनि एमसीसी अनुमोदन हुने उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नयाँ नक्सा अनुरुपको नेपाली भुमी फिर्ता गर्नकालागि सरकारले भारतसंग अनौपचारिक छलफल अघि बढाएको बताए । कालापानी, लिम्पियाधुरा लगायत भारतले अतिक्रमण गरेको नेपाली भुमी फिर्ता हुन्छ । यसका लागि भारतसँग कुटनीतिक सम्वाद र छलफल छिटै हुने उनले बताए ।