प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री सोनलद्वारा सडक शिलान्यास

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री सोनलद्वारा सडक शिलान्यास
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार प्रदेशिक खण्ड अन्तर्गत पर्ने चैनपुर–कलैया सडककोे शिलान्यास गरेका छन् ।  जिल्लाको पश्चिमी भागलाई सदरमुकाम कलैयासँग जोड्ने महत्व बोकेको उक्त सडकको एक कार्यक्रम बिच मन्त्री सोनलले शिलान्यास गरेका हुन् ।

यो बर्ष चार सय ४५ मिटर  सडकको ६ मिटर चौडाईमा ढलान  र  सडक खण्ड अन्तर्गत पर्ने गाउँहरुमा १०० मिटर लामो नाला समेत निर्माण गरिने सडक डिभिजन कार्यालय चपुरका प्रमुख दरोगा प्रसाद साहले बताएका छन् ।  सडकलाई ६ महिना भित्रमा एक करोड १४ लाखको लागतमा निर्माण सम्पन्न गर्न चौधरी निर्माण सेवाले २०७७ जेठ १९ मा सम्झौता गरेको छ । आठ किलोमिटर लामो सडकमा अधुरो रहने कामलाई अर्को चरण प्रदेश सरकारले निर्माण गर्ने योजना समेत रहेको साहले बताए ।

वीरगन्ज–पथलैया व्यपारीक  मार्ग अन्तर्गत पर्ने परवानीपुर गाउँपालिका– ४  चैनपुर चोकदेखि बुनियाद, प्रस्टोका हुँदै जिल्लाको सदरमुकाम कलैयालाई  सडकले जोडने मन्त्री सोनलले बताए ।