दुई महिने बालिकासहित ३५ जनामा कोरोना

दुई महिने बालिकासहित ३५ जनामा कोरोना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । दुई महिने बालकसहित कर्णालीमा शुक्रबार थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । रुकुम पश्चिमका २३, सुर्खेतका ६, सल्यानमा पाँच र मुगुका एकजना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा सुर्खेतस्थित लेकवेंशी र भेरीगंगा नगरपालिकाका दुई÷दुई जना, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकाका एक÷एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सल्यान सिद्धकुमाख गाउँपालिकाका एक र वनगाडकुपिन्डे नगरपालिकाका चारजनामा कोरोना देखिएको स्वास्थ्य सेवा महाशाखा शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार मुगुको खत्याड गाउँपालिकामा एक र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी दुई महिने बालिकासहित २३ जनामा कोरोना संक्रमण भएको पृष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार ६३ पुगेको छ ।

शुक्रबार १६ जना उपचारपछि डिस्चार्ज भएको बताइएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुई हजार ६ सय ४९ पुगेको छ ।