सेभ द चिल्ड्रेनद्वारा उदयपुरगढीलाई बाल स्वास्थ्य केन्द्रित सामग्री प्रदान

उदयपुर । कोरोना भाईरसबाट बचाउन सेभ द चिल्ड्रेनले उदयपुरगढी गाउँपालिकालाई चार लाख ४६ हजार ५९३ रुपैंया बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । उदयपुरमा तीन दशकयता बाल अधिकारको क्षेत्रमा क्रियासिल साँझेदार संस्था बालविकास समाज उदयपुरमार्फत गाउँपालिकाको ८ वटै वडाका स्वास्थ्य चौकीलाई सो सहयोग गरेको हो ।
गाँउपालिकाका बालबालिका र तिनका अभिभावकलाई कोरोना संक्रमणबाट बचाउने उद्धेश्यले मास्क, स्यानीटाइजर, पिपिइ सेट र स्वास्थ्य चौकीमा प्रयोग हुने विरामी जाँच्ने बेड, एएनसी बेड, अटोक्लेभस, केएमसी सेटलगायत २६ किसिमका चार हजार २७७ थान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए । सदरमुकाम गाईघाटमा गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरलाई सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दीपकराज बुढाथोकी र बालविकास समाजका सचिव देवकुमार गिरीले सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्