May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

खोटाङ प्रहरीलाई तीन सय थान फेस सिल्ड वितरण

खोटाङ प्रहरीलाई तीन सय थान फेस सिल्ड वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीन सय थान फेस सिल्ड प्रदान गरिएको छ । कोरोना महामारीकाबीचमा ड्यूटीमा खटिएका प्रहरीलाई संक्रमणबाट बचाउनका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा जिल्ला प्रहरी कार्यालयलाई फेस सिल्ड प्राप्त भएको हो । प्रतिनिधिसभा सदस्य भट्टराईले विभिन्न व्यक्तिबाट फेस सिल्ड जुटाएर शुक्रबार जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गरेका छन् । कोरोना कहरकाबीचमा नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा पुग्ने र ड्युटीमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फेस सिल्ड जुटाएर प्रहरीलाई हस्तान्तरण गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका कार्यालय सदस्य कुमार आचार्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का लगायतको उपस्थितिमा प्रतिनिधिसभा सदस्य भट्टराईले प्रहरीलाई फेस शिल्ड हस्तान्तरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले पनि केही समयअघि प्रहरीलाई ६० थान फेस सिल्ड उलपव्ध गराएको थियो ।