अभिनेता दयाहाङ रेडपाण्डा संरक्षण दुत नियुक्त

अभिनेता दयाहाङ रेडपाण्डा संरक्षण दुत नियुक्त
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । कलाकार दयाहाङ राई रेडपाण्डा नेटवर्क संरक्षण दुतमा नियुक्त भएका छन् । रेडपाण्डा नेटर्वकले  दुर्लभ वन्यजन्तू रेडपाण्डा (हाब्रे) संरक्षण र चोरी तस्करीको विरुद्धमा जनचेतना जगाउनका लागि सहयोग गर्ने गरी दयाहाङलाई संरक्षण दुत नियुक्त गरेको हो ।

नेपालका विभिन्न जिल्लामा रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गरिरहेको नेटवर्कले सचेतनामूलक कामका लागि दुत नियुक्त गरेको जानकारी दिएको छ । नेटवर्कले विज्ञप्ती निकाल्दै यस्तो जानकारी दिएको हो । जनचेतनामूलक समाग्री तयार गर्ने तथा अन्य सचेतना जगाउने हिसाबले दुत नियुक्त गरिएको जानकारी गराइएको छ ।

नेटवर्कले १ बर्षका लागि सम्झौता गरेको हो । विज्ञप्तीमा नेटवर्ककका निर्देशक आङ फूरी शेर्पाले भनेका छन्,– ‘हामी नेपालका प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्न पाउँदा अत्यान्त हर्षित छौँ । यस सहकार्यको माध्यमबाट रेडपाण्डा संरक्षणको आवाजलाई आम–जनमासमा पु¥याउन सफल हुनेछौँ भन्ने कुरामा विश्वस्त छु ।’

 नेटवर्ककले नेपालका दश जिल्लामा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।