मोरङमा दुइजना बृद्धको मृत्यु

मोरङमा दुइजना बृद्धको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको विराटनगरका एक वृद्धको कोरोनाबाट र अर्का रंगेलीका वृद्धको घाँस काट्दा मृृत्यु भएको छ । बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–१० का ६६ वर्षीय पुरुषको बिहीबार साँझ ५ः१५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए ।ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई भदौ ३० गते उपचारका लागि अस्पताल ल्याइएको थियो ।

                कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार थाल्दै स्वाब पिसिआर परीक्षण गर्न कोसी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । बृद्धमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको देवले बताए । ‘स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर थप उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो । विराटनगरमा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसैगरी, रंगेली नगरपालिका–२ का ७२ वर्षीय कृष्णप्रसाद चौलागाईंको बिहीबार साँझघर छेउकै खेतमा घाँस काट्ने क्रममा ढलेपछि बेहोस भएका थिए । उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।