January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

इलामका १२ वटा चिया उद्योगलाई ट्रेडमार्क

इलामका १२ वटा चिया उद्योगलाई ट्रेडमार्क
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । नेपाली अर्थाेडक्स चिया १ सय ५७ वर्षपछि आफ्नै पहिचानमा अन्तर्राट्रिय बजार पुग्ने भएको छ । इलामका ८ सहित देशका १२ उद्योगले पहिलो चरणमा ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ ट्रेडमार्क (लोगो) प्रयोग गर्न पाउने भएका छन् ।

                ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ । पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन् । बोर्डका अनुसार तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन् । बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले बोर्डले औपचारिक रूपमा ती उद्योगलाई ट्रेडमार्क हस्तान्तरण गर्ने बताए । ‘चियाको राजधानी इलाममा यही असोज १० गतेसम्ममा औपचारिक कार्यक्रम नै आयोजना गरी ट्रेडमार्क हस्तान्तरण गर्ने तयारी छ,।

सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन् । इलाम नगरपालिकास्थित जस्बिरे टी स्टेट, हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटले पहिलो चरणमा ट्रेडमार्क पाएका छन् ।

                आवेदन दिने बाँकी उद्योगको पनि निर्देशिकाअनुसार गुणस्तर रहेको तर पूर्ण भइनसकेको बोर्डले जनाएको छ । मापदण्डको ९९ प्रतिशत पूरा गरेपनि ट्रेडमार्क दिन नमिल्ने भएकाले मात्रै अरू आवेदकले पाउन नसकेको भट्टराईले बताए ।

                नेपाली चियाको अन्तिम उत्पादकले ट्रेडमार्क प्रयोग गर्न पाउनेछ । निर्देशिकाले हरियोपत्ती उत्पादक, संकलन र ढुवानीकर्ता, प्रशोधनकर्ता, प्याकेजर, वितरकलगायत सामाजिक र वातावरणीय रूपमा सबैले पालना गर्नुपर्ने आचारसंहितासमेत व्यवस्था गरेको छ । उत्पादकले चियाको असर कृषि अभ्यास गर्नुपर्ने, आन्तरिक नियन्त्रणप्रणाली लागू गर्नुपर्ने, २ पात १ सुइरो मात्र टिपेको हुनुपर्ने, नरम बाँझी पत्ती मात्र टिप्न पाइने, प्लास्टिकको जालीदार झोला वा डोकामा मात्र पत्ती टिप्न पाइने व्यवस्था निर्देशिकामा छ । त्यस्तै, उत्पादकले हरियो पत्ती राख्ने सामग्रीमा रासायनिक मलसमेत मिश्रण गर्न नहुने, टिपेको पत्ती ढुवानी गर्नुअघि सितल छहारीमा राख्नुपर्ने, खाँदेर वा थिचेर पत्ती राख्न नपाइने र पत्ती टिपेको बढीमा ८ घण्टाभित्र प्रशोधनस्थलसम्म पु¥याइसक्नुपर्नेलगायतका व्यवस्था निर्देशिकाले गरेको छ ।