सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्लाही । हिन्दु र मुस्लिम समुदायबीच झडप हुने अवस्था सृजना भएपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा कफ्र्यू आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार आज (शनिबार) दिउँसो २ बजेबाट भोली (आईतबार) बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘दुईपक्षबीचको विवादले थप ठूलो रुप नलेओस् भन्ने उद्धेश्यले कफ्र्यू आदेश जारी गरिएको   प्रजिअ पौडेलले बताए ।

विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै गर्दा हिजो (शुक्रबार) साँझ मलंगवा नगरपालिका–३, मा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवाद बढ्दै गएर झडप नै भएपछि दुई पक्षका एकदर्जन बढी घाईते भएका थिए । स्थानीय हिन्दु समुदायले बिहिवार सामूहिक रुपमा गरेको विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै गर्दा मुस्लिम समुदायको तर्फबाट अवरोध हुँदा झडप भएको प्रहरीले जनाएको छ । झडपलगतै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर विश्वकर्मा पूजाको मूर्ति समेत जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ ।