लागू औषधसहित किशोर पक्राउ

लागू औषधसहित किशोर पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । लागूऔषधसहित उदयपुर प्रहरीले एक किशोरलाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारदेखि प्रतिबन्धित इस्ट्राभेट र लेबल नखुलेको दुईथरी लागू औषधसहित १७ वर्षीय किशोर सचिन राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

                जिल्ला प्रहरी कार्यालय उदयपुरका साँझ ६ः३० बजे गस्तीमा रहेको प्रहरी चौकी बसाहाको टोलीले शंका लागी शरिर खानतलासी लिने क्रममा चौदण्डीगढी नगरपालिका ३ का राईको साथबाट इस्ट्राभेट १३ ट्याब्लेट र लेबल नखुलेको ३ एम्पुल (थान) लागू औषध फेला पारेर पक्राउ गरेको हो ।

                राईलाई लागू औषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखी अनुसन्धान कार्य अघि बढाइएको छ । लागू औषध नियन्त्रण अभियानअन्तरगत जिल्लाका सबै युनिटहरुमा सतर्कता अपनाउँदै त्यस्ता व्यक्तिको खोजी कार्यमा प्रहरी परिचालन कार्य तिब्र पारिएको जनाएको छ ।