रौतहटमा पिसिआर परीक्षण सुरु

रौतहटमा पिसिआर परीक्षण सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहट सदरमुकाम गौरस्थित जिल्ला सरकारी अस्पतालमा पिसिआर परीक्षण मेसिन संचालनमा आएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले एक कार्यक्रमबीच पिसिआर परीक्षण ल्याब संचालन र उद्घाटन गरेपछि मेसिन संचालनमा आएको हो ।

विहीवार संकलन गरी दश जनाको स्वाब परीक्षण गरिएकोमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतबाट जानकारी प्राप्त भएको छ । अस्पतालका ल्याब प्राविधिक अनुठा राय यादवले दश जनाको परीक्षण गरिएकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै मेसिनले राम्ररी काम गरिरहेको बताएका छन् ।

यादवले शनिवार दुर्गा भगवती गाउँपालिकामा परीक्षणका लागि स्वाब संकलन हुने र त्यहीबाट ल्याबको औपचारिक काम सुरु हुने बताएका छन् । अब ल्याब नियमित परीक्षणको लागि तयार भएको छ, रौतहट आत्म निर्भर बनेको छ, उनले बताए ।

प्रदेश सरकार र स्थानीय निकायको सहयोगमा जिल्ला पिसिआर मेसिन जडान भएको हो । मेसिनले ६ घन्टामा ७२ वटा स्वाब परीक्षण गर्ने क्षमता रखेको छ । जिल्लाको ल्याब स.चालनमा आएपछि पिसिआर परीक्षणको नतिजा छिटै आउने अस्पतालका प्रमुख डा. कृष्ण साहको भनाइ छ ।