प्रहरीले भेटेको पैसा सम्वन्धित ब्यक्तिलाई फिर्ता गरे

प्रहरीले भेटेको पैसा सम्वन्धित ब्यक्तिलाई फिर्ता गरे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । खोटाङमा प्रहरीले भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता दिएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका सुमन राईले दुई हप्ता अघि हराएको पैसा प्रहरीले भेटेर फिर्ता दिएको हो । प्रहरीको गस्ती टोलीले भदौ १५ गते दिक्तेलबजारको त्रिबेणीचोकमा भेटेको १५ हजार ४२० रुपैयाँ रकम शुक्रबार सम्वन्धित व्यक्तीलाई फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

पैसा हराएका राईले दिक्तेलमा आएर ‘पैसा हराएको’ कुरापछि र प्रहरीले भेट्टाएको जानकारी पाएपछि उनी जिल्ला प्रहरी कार्यालय पुगेका थिए । कुराकानीकाक्रममा गस्ती प्रहरीले भेटेको पैसा आफ्नै भएको आधार पेश गरेपछि उनलाई पैसा फिर्ता दिइएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीले भेटेको पैसा जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।