पूर्वी पहाडकै पहिलो भेन्टिलेटर

पूर्वी पहाडकै पहिलो भेन्टिलेटर
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । स्वास्थ्य सेवा पूर्वाधारमा एक खुट्किलो उक्लिँदै इलाम अस्पतालमा पूर्वीपहाडमै पहिलोपटक भेन्टिलेटर जडान गरिँदैछ । संविधानसभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्बाङको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई २ थान भेन्टिलेटर र २ थान फोटो थेरापी मेसिन प्रदान गरेको हो ।

                प्राप्त सामग्री शनिबार जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्पताल प्रमुख गणेशप्रसाद बरालमार्फत् हस्तान्तरण गरियो । सामग्री बुझ्दै प्रमुख बरालले स्वास्थ्य सेवामा इलाम अस्पताल पूर्वीपहाडमै एक कदम अघि बढेको बताए । ‘कहिले पूर्वाधार त कहिले जनशक्ति अभावले इलाम अस्पतालको सेवा सीमित थियो,’ उनले भने, ‘यहाँ रहेको भेन्टिलेटरबाट इलाममात्र नभई पाँचथर र ताप्लेजुङका बिरामीले समेत सेवा लिन पाउँछन् ।’

                भेन्टिलेटर सञ्चालन गर्न जनशक्तिलगायत अन्य पूर्वाधार पनि आवश्यक पर्ने भएकाले केही महिनापछिदेखि मात्रै यसले सेवा दिने अस्तालले जनाएको छ । अस्पताल व्यवस्थापक क्षितिज खतिवडाका अनुसार यो उपकरण सञ्चालनका लागि एकजना एनेस्थेसिया चिकित्सक र एक तालिमप्राप्त नर्स आवश्यक पर्छ । ‘इन्टेन्सिभ केयर युनिट (आइसियु) सेवा सञ्चालन भएपछि अन्य विशेषज्ञसमेत आवश्यक पर्ने खतिवडाले बताए । ‘