बलात्कार गर्न खोज्ने धामी पक्राउ

बलात्कार गर्न खोज्ने धामी पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । धामीले झारफुकको बाहना बनाउँदै महिलालाई बलात्कारको प्रयास गरेको घटना बाहिरिएको हो ।

                धामीले झारफुक गरिदिए सन्तान हुने बताइएपछि विराटनगरकी एक महिला भदौ २५ गते धामी कहाँ गइन् । ती, महिलाको बिहे गरेको लामो समय भए पनि सन्तान हुन सकेको थिएन । तर, झारफुकबाट सन्तान प्राप्ती हुने आशामा महिला धामी कहाँ गएको प्रहरीले बताएको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने विराटनगर–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले बलात्कारको प्रयास आरोपमा पक्राउ गरेको जनाएको छ । झारफुक गरेर सन्तान हुने बनाई दिन्छुभन्दै विवाहित महिलालाई रामकै घरमा बलात्कार गर्न खोजेको बताइएको छ ।

‘बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएपछि निराश भएकी एक महिलालाई झरफुकबाट ठिक बनाई दिनेभन्दै धामीझाँक्रीको काम गर्ने बौना रामले आफ्नै घरमा बलात्कार प्रयास गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

झारफुक गर्दै सन्तान हुने बनाई दिन्छन् भनेर आफन्तले भनेपछि महिलाले श्रीमानलाई लिएर धामी रामको घर गएकी थिइन् । त्यसपछि एक लिटर दूधमा खीर पकाउन धामीले भनेपछि महिला आफैले खीर पकाएकी र पाकेपछि श्रीमानलाई खानलाई भनेर खीर दिएर बाहिर पठाइए । आफूलाई पूजा कोठामा लगेर विभिन्न कुरा मिसाएर बनाएको खीर खान दिएसँगै आफ्नो शरीर आलसतालस भएर सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेको र पछि अँगालो हाल्दै आफैले कपडा खोलेर बलात्कार गर्न खोजे जानकारी पीडित महिलाले प्रहरीलाई दिएकी छन् । 

धामीको कुकर्म श्रीमानले देखेपछि छरछिमेकीलाई बोलाएका थिए । घटनापछि पीडितले धामी बौना रामविरुद्ध जाहेरी दिएकी छन् । प्रहरीका अनुसार जाहेरीका आधारमा रामलाई पक्राउ गर्दै थालेको प्रारम्भिक अनुसन्धानबाट बलात्कार प्रयास भएको देखिन्छ । पक्राउ परेका रामविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन शुक्रबार प्रहरीले म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।