May 13, 2022, Friday
२०७९ बैशाख ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

आत्महत्या गरेको भनिएपनि सञ्चारकर्मी निर्मलाको हत्या भएको परिबारको दाबी

आत्महत्या गरेको भनिएपनि  सञ्चारकर्मी निर्मलाको हत्या भएको परिबारको दाबी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । सञ्चारकर्मी निर्मला पहराईको हत्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको कैलाली एफ.एममा कार्यरत २२ बर्षीया पहराई ३१ भदौबाट सम्पर्कविहीन भएकी थिइन् ।

शुक्रबार हराएको घोडाघोडी-१०को फूलबारी सामुदायिक वनमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको छ । उनको हत्या गरी झुण्ड्याएको उनका दाजु विशालले दाबी गरे ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी निर्मलाको आत्महत्या होइन, हत्या हो । बैनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्ने विशालले बताए ।

सञ्चारकर्मी पहराईको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ भने प्रहरीले स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ । तर घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने मृतकका दाजुले बताएका छन् ।