कोरोना संक्रमणबाट नेपाली सेनाका जवानको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
रामेछाप घर भएका उनी काठमाडौंमा कार्यरत थिए । ब्लड क्यान्सरको उपचार गराइरहेका उनको गत भदौ २९ गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट गत शुक्रबार आएको थियो । नेपाली सेनामा पहिलो पटक कोरोना संक्रमित ३४ वर्षीय जवनाको मृत्यु भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
नेपाली सेनामा कोरोना संक्रमितको संख्या अहिले २ हजार ५६ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्