प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० डिस्चार्ज

प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० डिस्चार्ज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ ।  कोरोना भाइरस (कोभिड १९)का ७९ जना संक्रमित प्रदेश १ मा आइतबार थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङकै कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैँचामा १–१ पुरुष, सुनसरीको दुहबीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७४ पुगेको छ ।

प्रदेशमा ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवापीठ आइसोलेसनबाट १९, होम आइसोलेसनबाट ९, बि.जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आइसोलेसनबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३५ पुगेका छन् ।