विद्यालय सञ्चालनको तयारीमा बैतडीका स्थानीय तह

विद्यालय सञ्चालनको तयारीमा बैतडीका स्थानीय तह
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । बैतडीका विभिन्न स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि कोरोना महामारी विद्यालय बन्द हुँदा विद्यार्थीलाई असर परेको भन्दै विद्यालय सञ्चालन गर्ने तयारी गरेका हुन् । असोज पहिलो सातादेखि पञ्चेश्वर गाउँपालिका, शिवनाथ, गाउँपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाले विद्यालय सञ्चालनको तयारी गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहहरुले पनि स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्न सरोकारवालासँग छलफल चलाएका छन् ।

जिल्लामा कोरोना भाइसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले  बताए ।

स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याइने बताइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी गरिएको बताइएको छ । शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । विद्यालयका प्रअ अन्य सरोकारवालाहरुसँग बैठक गरेर विद्यालय खोल्ने निर्णयमा पुगेको उनले बताए ।