अबरुद्ध रहेको गण्डकी प्रदेश सभा बैठक खुलाउन सहमती

पोखरा । प्रतिपक्षी नेपाली कांग्रेसको बिरोधका कारण एक महिनादेखि स्थागित गण्डकी प्रदेश सभाको बैठक सोमबारदेखि बस्ने भएको छ । सदन अबरुद्ध गर्दै आएको कांग्रेस लचिलो हुँदै सदन खुलाउन राजी भएपछि प्रदेश सभाको बैठक एक महिनापछि सोमबार बस्न लागेको हो । कांग्रेस र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगबीचको छलफल सकारात्मक भएको खबर पाएसँगै सभामुख नेत्रनाथ अधिकारीले सोमबार दिउँसो १ बजे बैठक बोलाईएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कांग्रेसले प्रदेशभरी एक घर एक पिसीआर गरिनुपर्ने, क्वारेन्टिन र आइसोलेसनको सुधार गर्नुपर्ने, निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट समानताका आधारमा बाँडफाँड हुनुपर्ने लगायतका माग राख्दै संसद बैठक अबरुद्ध गरेको थियो । सोमबारको बैठकमा प्रतिपक्षी दलको तर्फबाट नेता कृष्णचन्द्र नेपाली बोल्ने र मुख्यमन्त्रीले बिपक्षीको मागलाई सम्बोधन गरेर अबरुद्ध संसद बैठक खुलाउन सहमति भएको बताइएको छ ।
कांग्रेसले राखेको निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम समानताका आधारमा छनौट हुनुपर्ने मागमा कांग्रेस लचिलो भएको छ । कांग्रेसले उठाएका अन्य विषयहरु प्रदेशभरी एक घर एक पिसीआर, आइसोलेसन र क्वारेन्टिनको अवस्था सुधारलगायतमा पनि कांग्रेसले आफ्नो धारणा राख्दै सदन खुलाएर जाने सहमति भएको छ । माग राखेर एक महिनासम्म संसद अबरुद्ध गर्दापनि माग सम्बोधन नभएकाले आफ्नो धारणा राख्दै सदन खुलाउन आफूहरुले सहमति जनाएको प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्