सहज सेवा लिनको लागि पाख्रीबासमा वडा सीमा हेरफेर गर्न माग

सहज सेवा लिनको लागि पाख्रीबासमा वडा सीमा हेरफेर गर्न माग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । पाख्रिवास नगरपालिका– ३ कसेनी टोलबासीले वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सीमा हेरफेरको माग गरेका छन् । 

                कसेनी टोलका ६० घरले संयुक्त हस्ताक्षर गरी पाख्रीवास कृषि अनुशन्धान केन्द्र नजिकै रहेको वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिन कठिन भएको भन्दै नगर प्रमुख बृषवहादुर राईलाई ज्ञापन पत्र वुझाएर सीमा हेरफेर गर्न माग गरेका हुन् ।  पाख्रीवास नगरपालिकाको नयाँ संरचना अनुसार हालको ३ नम्वर वडाको भौगोलिक सीमा उत्तरतर्फ धनपा–१ हिले र दक्षिणतर्फ कसेनी भुल्केसम्म जोडिएको छ । कसेनीबाट वडा कार्यालय आउनको लागि घण्टौ हिड्नु पर्छ । त्यसैले वाध्य भएर टोलवासीको संयुक्त निर्णयले हस्ताक्षर संकलन गरी पाख्रीवास नगनरपालिका– ४ मा समाबेस गर्न निवेदन दिएको कसेनी टोलका चकेन्द्रकुमार राईले बताए ।

                कसेनी टोलवासीले वुझाएको सीमा हेरफेर सम्वन्धी ज्ञापनपत्र वुझ्दै पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईले टोलवासी मागलाई सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि वढाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।