पहिरोले जमिनसँगै घर भासिए पछि ७ परिवार विस्थापित

पहिरोले जमिनसँगै घर भासिए पछि ७ परिवार विस्थापित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान ।  एक साताअघिदेखि निरन्तर बर्षाले धरानको वडा नं २० विष्णुपादुकास्थित आपटार क्षेत्रमा जमिन चिरा पर्न थालेपछि  शनिबार दिउँसोदेखि विष्णुपादुका क्षेत्रका ७ परिवार विस्थापित भएका छन् । उनीहरु सुरक्षित स्थानमा भएका छिमेकी र आफन्तको शरणमा पुगेका छन् ।

                पहिरो र जमिन भासिएर कति क्षति पुग्यो भन्ने तथ्यांक संकलन भइसकेको छैन । पीडितहरुका अनुसार आइतबार दिउँसो पनि निरन्तर पहिरो खस्ने क्रम जारी छ । ‘जमिन एक सातादेखि चिरा पर्दै थियो, हामीले टाल्दै पनि थियौं । शनिबार १२ बजेतिर खाना खादै गर्दा एक्कासी घर र जमिन नै भासियो, हत्तपत्त बाहिर डाँडातिर निस्किएर बसेको पीडित सृर्जना राईले बताइन । 

सृर्जनाको परिवारमा ८ जना छन् । शनिबार राती उनको परिवार अर्काको जग्गामा टहरा बनाएर बस्न बाध्य भए । गाई, बाख्रा, कुखुरा साविक घरमा नै छोडेर हिड्नु परेको उनले बताइन् ।

                विस्थापित नन्दलाल यादवका अनुसार घाम चर्कदै गएपछि जमिन चिरिदै घर भासिन थालेको बताए । उनले आफुहरु भदौ २५ गतेदेखि नै सुरक्षित ठाउँमा सरेको बताए । पहिरो गएको वडा धरानको पहाडी क्षेत्र साविक विष्णुपादुका गाविसमा हो । वडा नं २० का अध्यक्ष मणीराम राईले केही दिनअघि स्थलगत अनुगमनमा आउँदा ठुलो विपत्ति आइलाग्छ भन्ने अनुमान गरेका थियौ । स्थानन्तरको लागि छलफल समेत गरेका अध्यक्ष राईले बताए ।  आइतबार वडाको विपद व्यवस्थापन समिति बैठक बसेर विस्थापितहरुलाई राहत विरतण गरिएको पनि उनले बताए ।