दाउरा तान्नेक्रमा खोलाले बगाउँदा युवक बेपत्ता

दाउरा तान्नेक्रमा खोलाले बगाउँदा युवक बेपत्ता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु । कपिलबस्तु बुद्धभूमी नगरपालिका– ५ स्थित गुडरुङ खोलाको मुगरघाटमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन । बाढी आएको बेला दाउरा खोज्नेक्रममा सोही नगरपालिका– ६ शिवपुराकी गोली गद्दीको  १९ बर्षका छोरो हसमद गद्दी बेपत्ता भएका हुन् । प्रहरी अनुसार गुडुरुङ खोलाबाट दाउरा तान्ने क्रममा पानीमा डुवी बेपत्ता भएका थिए । बेपत्ता भएका युवकको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।