चन्द्रप्रकाश बाँनियाको ‘महारानी’ लाई मदन पुरस्कार र संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार

काठमाडौ । लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँद्वारा लिखित उपन्यास ‘महारानी’ लाई यस वर्षको मदन पुरस्कार दिइने भएको छ। २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल पोखरामा बस्दै आएका बानियाँलाई दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले गत वर्ष प्रकाशितमध्ये १ सय ५१ पुस्तकहरू गुठीलाई प्राप्त भएकोमा पुरस्कारका लागि सात पुस्तक सूची सार्वजनिक गरेकोमा इतिहासका धेरै कुरा खोजिएको र उपन्यासले पाठकलाई खुलदुली जगाउने ‘महारानी’ लाई उत्कृष्ट छनोट गर्दै पुरस्कार प्रदान गरिएको हो। बानियाँले ४ लाख नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्।
पुरस्कार राशि अघिल्लो वर्षदेखि दोब्बर पारिएको थियो। त्यसअघि दुई लाख मात्र प्रदान गर्ने गरिन्थ्यो। सक्रिय राजनीतिकबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय रहनुभएका बानियाँद्वारा लिखित ऐतिहासिक विषयमा आधरित उपन्यास ‘महारानी’ पर्वत राज्यको विषयमा लेखिएको छ।
त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ। उनले पनि प्रमाणपत्रसहित ४ लाख नगद पाउनेछिन्। २०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झनास्वरूप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको थियो।

प्रतिकृया दिनुहोस्