जेसिबि दुर्घटना हुँदा एकको मृत्यु

जेसिबि दुर्घटना हुँदा एकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बझाङ । जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन ।

   घटनामा मृत्यु हुनेमा बुंगल नगरपालिका– १ भेरगडाका ३४ बर्षिया शिक्षक मानबहादुर बोहरा रहेका छन । उनी महेन्द्र माबि गैरी ज्यावनका स्थायी शिक्षक समेत हुन  ।  बुंगल नगरपालिका–१ दहबगरमा  सडकमा फसेको जीप निकालेर फिर्ता हुने क्रममा आईतबार राती साढे १२ बजे दुघर्टना भएको ईलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताएका छन ।

                उनका अनुसार  बुंगल नगरपालिका– ९ देउलीकोट घर भएका  चालक २४ बर्षिया महेश खडायत, जेसिबिमा सवार २७ बर्षिया रामबहादुर बोहरा र ६०बर्षिया  प्रताप धामी घाईते भएका छन । घाईतेको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार गर्ने धनगढी लगिएको  छ ।