जोरविजोर प्रणालीबाट विद्यालय सञ्चालन

जोरविजोर प्रणालीबाट विद्यालय सञ्चालन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले असोज ११ गतेदेखि गाउँपालिका भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै सबै विद्यालयहरु दशै तिहारसम्म जोरविजोर प्रणालीबाट सञ्चालन गर्ने जनाएको छ । कोरोना संक्रमणको त्रासलाई मध्यनजर गर्दै जोरविजोर प्रणालीबाट बिद्यालय संचालन गर्ने निर्णय गरिएको हो ।

                एकदिन बिजोर अंकका कक्षाहरु संचालन हुनेछ भने अर्को दिन जोर अंकका कक्षाहरु संचालन गरिने भएको छ । यसरी बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको भीडभाड कम गर्दै पठनपाठन संचालन गर्न सकिने भएकाले कार्यपालिका वैठकले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । त्यसैगरि उक्त बैठकले सर्शत अनुदानतर्फ विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि वडा नं. १ को देविभक्त आधारभूत विद्यालय थुम्पाकीलाई शौचालय, वडा नं. ४ को सुर्योदय माध्यामिक विद्यालय, वडा नं. ५ को वालवोध आधारभूत विद्यालय र वडा नं. ८ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि छनौट गरेको छ ।