उत्तरी डोल्पाको काककोटमा झडप, ८ जना घाइते

उत्तरी डोल्पाको काककोटमा झडप, ८ जना घाइते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोल्पा । उत्तरी डोल्पाको एक विद्यालयमा समुहगत झडप हुँदा ८ जना घाइते भएका छन । डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ मा पर्ने काककोटस्थित तेन्जिङ नोर्के आधारभुत विद्यालयमा असोज २ गते भएको झडपमा वडाअध्यक्ष सहितका ८ जना घाइते भएका हुन ।

                झडप भएको विद्यालय पुग्न सदरमुकाम दुनैदेखि तीन दिन लाग्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक –डिएसपी) राजु पाण्डेका अनुसार झडपमा परेर घाइते हुनेहरुमा ३५ वर्षीय गुरु गुरुङ, ६० वर्षीया निमाछिरिङ घर्ती, २७ वर्षीया लारकर रोकाया र ३३ वर्षीया लामजुङ गुरुङ रहेका छन । त्यसै गरि ३५ वर्षीय लालमान रोकाया, ४० वर्षीया सेराप गुरुङ र २२ वर्षीया सीता गुरुङ पनि घाइते भएका छन । घाइते अधिकांशको हात खुट्टा र टाउँकोमा चोट लागेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ । विद्यालयमा छलफल भइरहेको अवस्थामा वडाअध्यक्ष पक्षधर र वडासदस्य खुमचुङ रोकाय पक्षबीच विद्यालय निर्माणको लागि आएको बजेट अनियमितताका विषयमा विवाद हुँदा एक्कासी ढुंगा हानाहान भएको हो । खुमचुङ रोकाय छार्काताङसोङ गाउँपालिकाका न्यायिक समितिका सदस्य समेत हुन । वडाअध्यक्ष छेवाङ र उनका छोरा गुरु उपचारको लागि हेलिकप्टेरमार्फत काठमाण्डौ गएको र अन्यको घाउँजाँच गरि अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताए ।