मन्त्री हेरफेरको मापदण्ड र महाधिबेशनको तयारीमा छलफल हुने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो साढे १२ बजे सुरु हुने बैठकमा मन्त्री हेरफेरको मापदण्ड बनाउने विषयमा छलफल हुने भएको छ ।
बैठकले मन्त्री हेरफेर गर्न आवश्यक मापदण्ड बनाउन कार्यदल बनाउने वा अध्यक्षद्वयलाई जिम्मा दिने भन्ने निर्क्यौल गर्ने एक सचिवालय सदस्यले बताए ।
आइतबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीलाई सशक्त बनाउन आयस्रोत नभएका केन्द्रीय सदस्यलाई जीवीकोपार्जनमा सहज हुने गरी मासिक रकम दिने विषयमा समेत छलफल भएको थियो । यसबारे ठोस निर्णय भने भएको छैन ।
त्यस्तै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि गर्नुपर्ने सांगठनिक एकताका बाँकी काम अघि बढाउन आवश्यक कामकारबाहीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्