June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

किशोरीलाई बलत्कार गरी फरार शिक्षक पक्राउ

किशोरीलाई बलत्कार गरी फरार शिक्षक पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु । किशोरीलाई बलत्कार गरी फरार भएका शिक्षक ४ महिना पछि पक्राउ परेका छन । महराजञ्ंज नगरपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले महाराजगञ्ज नगरपालिका– २ की १५ बर्षिया किशोरीलाई करणी गरी फरार भएका थिए । गत जेठ १२ गते चिनजान रहेको शिक्षकले राति काम छ भनी बोलाएर करणी गरेको पीडित परिवारको आरोप छ । लुकीछिपी बस्दै आएका लोहारलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए । लामो समयको खोजतलास पश्चात  लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताए ।  पीडित बालिकाका परिवारले शिक्षक बिरुद्ध किटानी जाहेरी समेत दिएका थिए