बाढिपहिरोमा परी १४ जनाले ज्यान गुमाए

बाढिपहिरोमा परी १४ जनाले ज्यान गुमाए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बाढिपहिरोमा परेर विहिबार १४ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता भएका छन् । मनसुन सकिएपछि पनि अबिरल परेको बर्षातले पहिरो जाँदा स्याङजामा ९ जनााको मृत्यु भएको छ । पाल्पामा गर्भवतीको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएको छ । कपिलबस्तुमा ३ र मोरङमा एक जनाको मृत्यु भएको छ । विहिबार रातीसम्म देशका विभिन्न ठाउँ बाढि र पहिरो जानेक्रम रोकिएको छैन ।
स्याङजाको वालिङ नगरपालिका–१४ मा माया नेपालीको परिवार पहिरोमा पुरियो । नौ जनाको मृत्यु भयो । एकजनाको घाईते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परी मृत्यु हुनेमा ६० वर्षिय सेनी नेपाली, ४८ वर्षिय माया नेपाली, ३४ वर्षिय दिपक नेपाली, २८ वर्षिय कुलदिप नेपाली, १५ वर्षिय विक्रम(शिशिर) नेपाली, ९ वर्षिया विविश नेपाली, २१ वर्षिया विनिता (बुहारी), पाहुना बन्न आएकी बहिनी ३० वर्षिया उमा नेपाली र छ महिनाकी बालक समीर नेपालीको मृत्यु भएको थियो । १८ वर्षिय मनिषा नेपालीको भने उद्दार गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मनिषाको थप उपचारको लागि पोखरा ल्याइएको छ ।
पहिरोस्थल गायडाँडा र लुईटेलडाडाँको बीचमा पर्छ । घटना भएको झण्डै पाँचघण्टाको पुरिएको अवस्था शव निकालिएको थियो । पुरिएको शव निकाल्न स्थानीयबासी, जनप्रतिनिधि, नेपाल प्रहरी, सzस्त्र प्रहरीको टोली खटिएको थियो ।

पाल्पामा एक जनाको मृत्यु, ५ जना बेपत्ता

पाल्पामा एक जनाको मृत्यू भएको छ भने ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडाकी २७ वर्षीया गर्भवती मोतिसरा गाहाको शव फेला परेको छ ।
भारी बर्षापछि पहिरोले त्यहाँका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ । पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया खुमिसरा आले र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । निरन्तर बर्षा भएकाले उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले जानकारी दिए ।
कपिलबस्तु, मोरङ, रौतहटमा पनि मृत्यु
डोहोटे सडकखण्ड अन्तर्गत कपिलवस्तुको कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार जीप खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जनाा बेपत्ता भएका छन् । बुधबार दिउँसो साढे चार बजेतिर जीप बगाउँदा मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप चालक ३५ वर्षीय माधव प्रसाद पाण्डे र कर्मचारी केशव भाट क्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल रहेका छन् ।

मोरङको रानीमा वाल भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीया समिरु नेसा रहेको मोरङ प्रहरीले जनाएको छ । बिहीबार बिहान साढे ८ बजे कलमा पानी लिन जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको बिराटनगर जुटमिलको दिवाल भत्कीएर समिरुलाई किच्दा उनि गम्भिर घाईते भएकी थिईन । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोलाले बगाएर रौतहटमा बाख्रा गोठालो गएका बालकलाई बेपत्ता बनाएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ४ का उपेन्द्र राय यादवको ८ वर्षका छोरा रोशन राय यादवलाई खोलाले बगाउँदा बेपत्ता भएको हो ।