June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

विद्युतीय धरापमा परेर मृत्यु

विद्युतीय धरापमा परेर मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली ।  बालीनाली नष्ट गर्ने वन्यजन्तुलाई थापिएको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ । गाउँबाट जंगली खरायो लखेट्दै आएका एक जना किसान खेतमा छाडिएको विद्युतीय धरापमा परेर मृत्यु भएको हो । गौरीगंगा नगरपालिका–१० नुक्लीपुरका २९ वर्षीय रघुवीरसिंह धामीको विद्युतीय धरापमा छाडिएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

जंगली खरायो लखेट्दै आएका स्थानीय काठमाडौं टोलमा रहेको धानबारीमा छाडिएको विद्युतीय धरापमा परेको वडाध्यक्ष पदम ऐरले बताए । धामीसँगै गएका बच्चुलाल चौधरी, जन्तर चौधरी, किसन चौधरी, सोनुराम चौधरी र दुःखीराम चौधरीलाई प्रहरीले हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । मृतक धामीका श्रीमती र एक छोरी छन् ।