प्रदेश १ मा १ सय १४ संक्रमित थपिए

प्रदेश १ मा १ सय १४ संक्रमित थपिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । विराटनगरमा ७१ जनासहित प्रदेश १ मा बिहीबार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३६ महिला र ३५ पुरुष, बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैँचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला, सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहबीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ ।

प्रदेशमा बिहीबार ७ सय ९४ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १८ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।