कोरोना संक्रमित २ को मृत्यु, ८५ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा २ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । मोरङको कानेपोखरी र सप्तरीको राजविराजका २ पुरुष संक्रमितको धरानमा मृत्यु भएको हो । शुक्रबार प्रदेशमा ८५ जना कोरोना संक्रमित थपिँदा ३८ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ को मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैँचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहबीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ ।
त्यसैगरी शुक्रबार प्रदेशमा ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आइसोलेसन केन्द्रबाट ८, होम आइसोलेसनबाट ८, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्यूरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ ।
प्रदेशमा शुक्रबार ६ सय २५ जनाका पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १९ हजार ४ सय ३५ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्