बलात्कार आरोपितद्वयलाई १३ र ११ बर्ष कैद सजाय

बलात्कार आरोपितद्वयलाई १३ र ११ बर्ष कैद सजाय
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर जिल्ला अदालतले फरक फरक ठाउँमा भएका बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला सुनाएको छ । अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा रहेका १८ वर्षीय युवकलाई १३ वर्ष कैद र १५ हजार जरिवाना तथा महिला बलात्कार अभियुक्तलाई ११ वर्ष कैद र ५० हजार क्षतिपूर्तिको सजाय सुनाएको हो ।

न्यायाधीश दीपक खनालको एकल इजालसले झण्डै ४ महिनाअघि १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका– ७ का १८ अनिलकुमार दनुवारलाई १३ बर्ष कैदसँगै जरिवाना र भरणपोषणको सजाय सुनाएको हो । अदालतले दनुवारबाट ५ हजार जरिवाना तथा पीडितलाई क्षतिपूर्तिवापत १५ हजार भरणपोषण गर्नसमेत फैसला सुनाएको छ । त्यस्तै अपराध पीडित संरक्षण कोष २०७५ को दफा ७१ वमोजिम प्रतिवादीबाट पीडितलाई राहत कोषमा २ हजार २ सय रुपैँयासमेत जम्मा गर्न अदालतको आदेश छ  । अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार गत जेठ १८ गते घरमै रहेकी बालिकालाई बिभिन्न प्रलोभन देखाई स्थानीय धमिनी गाउँमा लगेर बलात्कार गरेको आरोपमा दनुवार पक्राउ परेका थिए ।

                त्यस्तै महिलामाथिको बलात्कारका अर्का अभियुक्त उदयपुरगढी गाउँपालिका–१ तावाश्रीका ४५ वर्षीय लोकबहादुर घतानीलाई ११ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । बिहीबार बसेको न्यायाधीश खनालकै इजालसले ४८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका घतानीलाई उक्त सजायको फैसला सुनाएको हो ।