बहराईनका राजकुमारको सहयोगी टोली गोरखाको सामागाउँमा

गोरखा । बहराईनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली गोरखाको मनास्लु हिमाल आरोहण गर्न आउने भएपछि सहयोगका लागि एक टोली सामागाउँ पुगेको छ । ७० जनाको टोली बिहिवार त्यहाँ पुगेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष बीरबहादुर लामाले बताए ।
करिब ७० जना, शेर्पा र सहयोगीहरु आएर समागाउँको होटलमा बसेको अध्यक्ष लामाले बताए । बहराईनका राजकुमारसहितको टोली सोलुखम्बुको लुक्ला छन् । त्यहाँबाट उत्तरी गोरखाको मनास्लु हिमाल आउने कार्यक्रम यसअघि नै तय भएपछि सहयोगीहरु त्यसतर्फ गएका हुन् ।
मनास्लु हिमालको बेस क्याम्पमा गाईड गर्ने, खाना बनाउने सहित बन्दोबस्तीका सामग्री लिएर टोली त्यसतर्फ गएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का फिल्ड अधिकृत अजित तुम्बाहाम्फेले बताए । राजकुमारको टोली लुक्लाबाट हेलिकप्टरमा सामागाउँ जाने कार्यक्रम छ । सामागाउँबाट उनीहरु चार घण्टा हिडेर मनास्लुको बेस क्याम्प पुग्नेछन् ।

प्रतिकृया दिनुहोस्