प्रदेश १ को मन्त्रीमण्डल पुर्नगठन हुन सक्ने आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोको भनाइ

प्रदेश १ को मन्त्रीमण्डल पुर्नगठन हुन सक्ने आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोको भनाइ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री  इन्दबहादुर आङ्बो ‘मौसम’ले प्रदेश सरकारको मन्त्रीमण्डल पुर्नगठन हुने संकेत गरेका छन् । अहिलेसम्मको योगदानलाई हेरेर मन्त्रीमण्डल पुर्नगठन हुने उनले बताए ।

 प्रदेश र संघीय सरकारको कामलाई प्रभावकारी बनाउनकालागि आवश्यकता अनुसार मन्त्रीमण्डल फेरबदल गर्न सक्ने पार्टीको निर्णय भएकाले प्रदेश १ सरकारको पनि पुर्नगठन हुन सक्ने उनले बताए । गृह जिल्ला पाँचथरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री आङ्बोले पार्टीको सरकार पुर्नगठन गर्ने निर्णय भएकाले कार्यान्वयन हुने बताएका हुन् ।

कोरोना भाईरसका कारण अर्थतन्त्र असहज स्थिति देखिएको उनले बताएका थिए । पेश्की भुक्तानीलाई नियन्त्रण गरिएको उनले जानकारी दिए । ७० प्रतिशत बजेट भुक्तानी गर्न सकिने अवस्था छ । बाँकी ३० प्रतिशत राजश्वको अवस्था तथा प्राप्त गर्ने अनुदानमा भर पर्नेछ । तर यसले विकास निर्माणमा खास असर पर्दैन् । सेमीनार, गोष्ठि, मेसनरी खरिद, सुविधा सम्पन्न गाडी खरिद लगायतका बजेट निरुत्साहित गरेकाले लक्ष्य अनुसारका विकासका काम हुने उनले बताए ।