घर भत्किदा लाखौको क्षति

धनकुटा । धनकुटा जिल्लामा निरन्तर वर्षात कारण शुुक्रबार विभिन्न ठाँउमा घर भत्किदा लाखौको क्षति भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका–५ रामबजारमा विजय साहको ढुंगामाटोले बनेको २ तले घर भत्किदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । उद्धारका लागि लेगुवा प्रहरी कार्यलय को कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
त्यस्तै आज मध्यन्न १२ वजे गरी धनकुटा नगरपालिका वडा नं ५ स्थित बिहिबारे हटिया नजिक बस्ने चान बहादुर लिम्बुको ढुंगा माटो र इट्टाले बनेको २ तले कच्ची घर भत्किदा १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । घरभित्र रहेको लत्ता कपडा, सरसामान र काठ वाहिर निकालिएको छ ।

प्रतिकृया दिनुहोस्