प्रदेश ५ को प्रदेशसभामा मन्त्री र सांसद प्रश्नोत्तर अभ्यास

प्रदेश ५ को प्रदेशसभामा मन्त्री र सांसद   प्रश्नोत्तर अभ्यास
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूपन्देही ।  प्रदेश न. ५ को प्रदेशसभामा समयसामयिक बिषयमा मन्त्री र सांसदहरुविच प्रश्नोत्तरको अभ्यास थालेको छ । मूलूक संघियतामा गएपछि बनेको प्रदेशसभामा यस्तो अभ्यास गरिएको थिएन । प्रदेश सांसदहरुले मुख्यमन्त्री र मन्त्रीहरुसँग सिधा प्रश्न र सिधा उत्तर पाउने भएकाले संसदीय व्यवस्थामा प्रश्नोत्तरलाई प्रभावकारी मान्ने गरिन्छ ।

प्रदेशसभा नियमावली २०७४ ले व्यवस्था गरे अनुसार सरकारको अधिकार क्षेत्रभित्रका बिषयमा प्रदेश सांसदहरुले मन्त्रीलाई प्र्रश्न सोध्न पाउने व्यवस्था छ । प्रदेशसभामा बुधबारबाट शुरु भएको प्रश्नोत्तरमा मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतमा प्रश्नको जवाफ दिए । प्रदेश सभा सदस्य कल्पना पाण्डेले गत आर्थिक वर्षमा प्रदेश सरकारले सामुदायिक भवन निर्माणका लागि छुट्टाइएको बजेटबाट कति भवन बन्यो भनेर मुख्यमन्त्रीसँग जवाफ माग गरिन ।

उनले शसर्त अनुदान अन्तर्गत ७४ वटा स्थानीय तहमा सामुदायिक भवन बनाउनका लागि बजेट विनियोजन गरिएपनि भवन बन्न नसकेको भन्दै जवाफ माग गरेकी थिईन । मुख्यमन्त्री पोखरेले अधिकांश स्थानीय तहले सामुदायिक भवन निर्माण गरेको बताउँदै केहिले जग्गा अभावका कारणले ढिलाई गरेको बताए । प्रदेशसभामा अबदेखि प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेशसभामा सवाल जवाफ र प्रश्नोत्तर शाखामा प्रश्न टिपाउने र सम्बन्धित मन्त्रालयबाट लिखित उत्तर माग गर्ने विधि समेत शुरु गरिएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए