June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

सर्जक कृष्ण रेउलेको ‘आमा बाँचे भने आउँला’ म्युजिक भिडियो सार्बजनिक

सर्जक कृष्ण रेउलेको ‘आमा बाँचे भने आउँला’ म्युजिक भिडियो सार्बजनिक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु दर्शक स्रोताहले रुचाएका छन् ।  यसैक्रममा माहान चाड दशैं र तिहारलाई मध्यनजर गर्दै कृष्ण रेउलेको आवाजमा निकै मार्मिक मन छुने एउटा फरक किसिमको दशैँ  गीत ‘आमा बाँचे भने आउँला’  को म्युजिक भिडियो बजारमा आएको छ ।

गीतमा शब्द तथा सङ्गीत पनि कृष्ण रेउले कै रहेको छ  भने देबेन्द्र बब्लुको निर्देशन रहेको म्युजिक भिडियोमा अनिल कृष्ण मानन्धरको छायाँकन र प्रबिन भट्टको सम्पादन रहेको छ। गीतमा एरेन्ज मनोज खड्काको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ सन्तोष पौडेलको रहेको छ ।

त्यसैगरी गीतको भिडियोमा देबेन्द्र बब्लु ,एलिना ठकुरी र विशाल घिमिरे लगायत अन्य कलाकारहरुको दमदार अभिनय देख्न सकिन्छ।