डलर देखाई रकम ठगि गर्ने गिरोह पक्राउ

भक्तपुर । अमेरिकन डलर देखाई नेपाली रुपैया लुटपाट गर्नेहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार सुर्यबिनायक नगरपालिका– २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौ धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार भक्तपुर मध्यपुरठिमी– ९ बाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको परिसले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे– ३ घर भई हाल काठमाडौ गोकर्णेश्वर बस्ने खेलबहादुर तामाङ, रेलबहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे– ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी बस्ने श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट दुई लाख ४२ हजार नौ सय ३५ रुपैयाँं, बिभिन्न कम्पनीका मोबाईल ५ थान, मोटरसाइकल दुईथान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – २ बण्डल बरामद गरेको प्रहरीले जनाएको छ । भक्तपुर जिल्लाका व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी पहिलादेखि नै चिनजान भएको जस्तो व्यवहार गर्दै आफुसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनी बिभिन्न बहाना बनाएर ठगी गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्