रौतहटमा एक महिलाको हत्या, श्रीमान् गम्भीर

रौतहट । रौतहटमा एक महिलाको हत्या भएको छ । पुरानो रिसइबीका कारण खुँडा र खुकुरी प्रहारबाट महिलाको हत्या भएको र महिलाका श्रीमान् गम्भीर घाइते भएका छन् ।
रौतहटको देवाहीगोनाही नगरपालिका– ५ टिकुलियाका महेश तिवारी र उनकी श्रीमती जगरामीदेवीमाथि खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार भएको थियो । स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया, बलिराम मुखियासहितको समूहले तिवारी दम्पत्तिमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर महेश तिवारी चिच्याउन थालेपछि बचाउन जाँदा उनकी श्रीमती जगरामीदेवीमाथि पनि आक्रमण भएको थियो । महेश तिवारीको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले बताए । प्रहरीले घटनामा संलग्न रहेको भनिएका बलि मुखिया, कमेन्द्र मुखिया, अच्छेलाल मुखियालाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्