६ महिनादेखि कुवेतमा ३३ नेपाली अलपत्र

६ महिनादेखि कुवेतमा ३३ नेपाली अलपत्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुवेत  कोरोनाले रोजगारी गुमाएका कुवेतमा कार्यरत नेपाली कामदारको बिचल्ली भएको छ ।  ६ वर्षअघि काठमाडौको भिजन भ्यालू कम्पनीबाट गएका ८ जना र सामाखुसीस्थित एसआरके नेपाल मेनपावरमार्फत १८ महिनाअघि कुवेत पुगेका उनीहरू अल राकिव बिल्डिङ्ग कस्ट्रक्सन कम्पनीमा काम गर्थे । कोरोनाका कारण कम्पनी बन्द भएपछि उनीहरुको बिचल्ली भएको हो । ३३ जनामध्ये ५ जनाले कम्पनी छोडेर भागिसकेका छन् । अहिले बसेकाहरु सबै उद्धारको प्रतिक्षामा बसेका छन ।

          रोजगारी गुमाएर बिचल्ली भएका २८ जना नेपाली ६ महिनादेखि उद्धारको प्रतिक्षामा छन् । मार्च महिनादेखि काम बन्द भएपछि कम्पनीले दिएको दुईवटा कोठामा ३३ जना नेपाली जसोतसो बसिरहेका छन् । महामारीको कारण देखाउँदै कार्यरत कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका हुन् ।

दूतावासले उद्धार गर्ने भनेको झन्डै ३ महिना भयो । अझै उद्धार गरेको छैन । विभिन्न संघसंस्थाहरुको सहयोगमा जसोतसो खाना मिलिरहेको छ । दूतावासले पनि खानेकुरा सहयोग गरेको छ ।  यद्यपि अहिले बस्न नै समस्या भइरहेको र तत्काल नेपाल फर्काउनु पर्ने उनीहरुको माग छ । पीडित विनोद महतकाअनुसार त्यहाँ रहेका कतिपय साथीहरुको स्वास्थ्यमा समेत समस्या देखिएको छ ।