गण्डकी गाउँपालिकाको गाउँसभा पुनःस्थगित

गण्डकी गाउँपालिकाको गाउँसभा पुनःस्थगित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा ।  गोरखाको गण्डकी गाउँपालिकाले शनिवार बोलाएको गाउँ सभा पुन स्थगित भएको छ । गत असार १० गते भित्र सक्नुपर्ने गाउँ सभा गणपुरक सदस्य संख्या नपुगेका कारण स्थगित भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए ।

‘४४ जना गाउँसभा सदस्यमा २२ जना मात्रै उपस्थित हुनुभयो’ गाउँपालिका अध्यक्ष होमबहादुर रानाले भने ‘गणपुरक संख्या नपुगेका कारण हामीले शनिवार बोलाएको गाउँसभा स्थगित गर्नुप¥यो ।’ चालु वर्ष २०७७÷७८ मा सञ्चालन गर्ने नीति कार्यक्रम, बजेट उक्त गाउँपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन । पुन असोज १३ गतेका लागि गाउँसभा बोलाइएको उनले बताए । गाउँसभामा ४४ जना सदस्य छन् ।

गाउँपालिकाको केन्द कहाँ राख्ने भन्ने विषयमा नेकपा निकट जनप्रतिनिधि र कांग्रेस निकटका जनप्रतिनिधिबीच सहमती नहुँदा गाउँ सभा हुन नसकेको हो । गाउँपालिकाको केन्द्रका विषयमा सहमती गरेर बजेट ल्याउन आग्रह गरेको र गाउँपालिका अध्यक्षले अहिले नै सहमति गरेर जानुपर्ने बताएपछि गाउँसभा हुन नसकेको नेकपा निकट वडा अध्यक्ष तुलसी रेग्मीले बताए । गाउँसभा समयमै नहुँदा गण्डकी गाउँपालिकाको चालु वर्षका योजना, कार्यक्रम प्रभावित बनेको छ ।