मापदण्ड पालना नगर्ने सार्वजनिक यातायातलाई कार्वाही

मापदण्ड पालना नगर्ने सार्वजनिक यातायातलाई कार्वाही
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । मापदण्ड विपरित सार्वजनिक यातायातमा यात्रु राख्ने सावारीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कार्वाही थालेको छ । तोकिएको मापदण्ड बिपरित यात्रु ओसारपसार गर्ने सवारी साधनलाई कार्वाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानएको छ ।

ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोद्दारका अनुसार आइतबार देखि विभिन्न स्थानमा चेकजाँच गरी कार्वाही सुरू गरिएको  हो । सार्बजनिक यातायातमा एक सिटमा एक जनामात्रै यात्रु राख्नु पर्ने, माक्स र सेनिटराईरको प्रयोग गर्नुपर्नेलगायतका सुरक्षाका मापदण्ड अप्नाएर मात्रै सवारीसाधन सञ्चालन गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ । तर, माइक्रो र पिकअप भेनहरूले सरकारले तोकेको सुरक्षा मापदण्ड बिपरित सवारीसाधन सञ्चालन गरेको पाइएको पोद्दारले बताए । ट्राफिक कार्यालय मोरङले  विराटनगरको वरगाछी, कञ्चनवारी, आयल निगम र वुढीगंगा गाउँपालिकास्थित  निमुवामा सावारीसाधनको चेकजाँच गरेको छ । मापदण्ड विपरित सञ्चालन भएका सार्बजनिक सावारीलाई रोकेर केहि समय होल्ड गरेर छाडिएको छ । उनले  सरकारले लागू गरेको मापदण्ड पालना भए नभएकोबारे ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने बताएको छ ।