नदी किनारमा महिलाको शव फेला

नदी किनारमा महिलाको शव फेला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । अर्धनग्न अवस्थामा चमेलिया नदी किनारमा एक महिलाको शव फेला परेको छ । आइतबार दिउँसो दशरथचन्द नगरपालिका–६ सेरानजिक करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिलाको परिचय खुल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

चमेलिया नदी किनारमा शव फेला परेकाले बगेर आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव सड्न लागेको अवस्थामा छ, शरिरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । महिलाको शव जिल्ला अस्पताल बैतडीको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।