वीपी प्रतिष्ठानका चिकित्सकहरुद्वारा उपकुलपति कार्यालयअघि धर्ना

वीपी प्रतिष्ठानका चिकित्सकहरुद्वारा उपकुलपति कार्यालयअघि धर्ना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनमा उत्रिएका छन् ।  चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना गरिरहेका छन् ।

 सोसाइटीले पटक पटक आफ्ना मागहरु पेश गरेपनि वेवस्ता गरिएपछि आन्दोलनमा उत्रनु परेको अध्यक्ष डा.विष्णु पोखरेलले बताए । उनका अनुसार सोसाइटीले प्रतिष्ठानको सुधारको लागि विभिन्न मागहरु अघि सारे पनि मुख्य गरि २ वटा मागलाई प्राथमिकतामा राखेको छ । ‘हामी निवार्चित हुँदादेखि नै बढुवा प्रक्रियालाई अघि बढाउनुपर्ने र तलबवृद्धि गरिनुपर्ने माग राखेका थियौं,’अध्यक्ष डा.पोखरेलले भने,‘तलब वृद्धि गर्ने निर्णय त भयो, तर वृद्धि भएको पाइएको छैन । बढुवा प्रक्रिया शुरु नै भएन ।’

चिकित्सकहरुले कोभिडको समयमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् । प्रतिष्ठानमा करिब अढाई बर्षदेखि बढुवा प्रक्रिया रोकिएको छ, जसले गर्दा चिकित्सकहरुको वृत्तिविकासमा असर पुगेको छ भने कतिपय विभागमा प्रोफेसरको पनि अभाव छ ।

चिकित्सकहरुले उपकुलपति कार्यालयअघि बिहान धर्ना दिदै मौन धारणा पनि गर्ने गरेका छन् । उनीहरुले पदाधिकारीहरुले आफ्ना मागप्रति देखाएको उदासिन व्यवहारको कारण मौन धारणा गर्नुपरेको जनाएका छन् । ‘उहाँहरुले हाम्रो माग नसुने झैं गर्नुभएको छ, त्यस व्यवहारप्रति खेद प्रकट गर्दै मोन धारणा गरिएको हो,’महासचिव सुर्यप्रसाद रिमालले भने,‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी नै रहन्छ ।