बलात्कार मुद्धाका दुई प्रतिवादी पक्राउ

बलात्कार मुद्धाका  दुई प्रतिवादी  पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । तीन जना महिलालाई बलात्कारको प्रयास मुद्धाका दुई जना फरार प्रतिवादी  पक्राउ परेका छन् । तीन जना महिलालाई बलात्कारको प्रयास  गरी फरार भएका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । 

                बलात्कारको प्रयासगर्ने  चार युवा मध्ये दुई जनालाई विराटनगरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रबक्ता डिएस्पी मानबहादुर राईले जानकारी दिए । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका–८ का २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मिया छन् । उनीहरुलाई आइतबार राति विराटनगर–८ स्थित सुकुम्बासी टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेकासहित चार जना मिलेर विराटनगर–८ स्थित अशोक चोकनजिक २०७६ मंसिर ५ गते तीन जना महिलालाई बलात्कारको प्रयास गरेका थिए । डिएस्पी राईका अनुसार उनिहरूले बजारबाट किनमेल गरेर घर फर्किंदै गरेका ३३, २७ र २२ वर्षीया महिलामाथि बलात्कारको प्रयास गरेका थिए  ।

                बलात्कारको प्रयास गरेर  फरार रहेकामध्ये सहिद र असलम १० महिनापछि पक्राउ परे पनि घटनामा संलग्न २२ वर्षीय मोहमद फारूक मिया र २० वर्षीय मोहमद हसरत मिया अझै फरार छन् । पक्राउ परेकाहरू विरुद्ध जवर्जस्ती करणी उद्योग अन्तर्गत कार्वाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।