प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए, ४४ डिस्चार्ज

मोरङ । कोरोना भाइरसको ८३ जना संक्रमित प्रदेश १ मा सोमबार थपिएका छन् । प्रदेशका विभिन्न आइसोलेसनबाट ४४ जना डिस्चार्ज भएका हुन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुंगामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहबीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैँचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ ।
उता ओखलढुंगाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोसीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय १९ पुगेको छ ।
त्यसैगरी प्रदेशमा सोमबार ४४ जना डिस्चार्ज भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाइजन आइसोलेसन केन्द्र झापाबाट ३, न्यूरो अस्पताल विराटनगरबाट २ र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्