गणस्तरहिन सेनिटाइजर बजारमा छ्यापछ्याप्ती, १७ वटा कम्पनीलाई बिभागीय कारबाही

गणस्तरहिन सेनिटाइजर बजारमा छ्यापछ्याप्ती,  १७ वटा कम्पनीलाई बिभागीय कारबाही
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । औषधि व्यवस्था विभागले गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने  १७ वटा कम्पनीहरुलाई विभागिय कारबाही गरिसकेको छ।

सोमबार मात्रै ९ वटा कम्पनीका सेनिटाइजर उपभोक्तालाई प्रयोग नगर्न र उत्पादकलाई बिक्री वितरणमा रोक लगाएको छ। यसअघि ८ वटा सेनिटाइजरको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। विभागले हालसम्म विभागले हाले गरेको नियमित अनुगमनका क्रममा विषाक्त पदार्थ मिश्रित तथा इथानोलको मात्रा कम भएका र मिथानोल मिश्रित सेनिटाइजमाथि बिक्री र उत्पादनमा प्रतिबन्ध लगाएको छ।

विभागका अनुसार शिखा कस्मेटिक उत्तरखण्ड भारतबाट उत्पादित हर्वल फ्रि ह्याण्ड रब, पर्साको रिप्याक आर केमिकल एण्ड प्याकिङ इण्ड्रस्टिजको कुम ह्याण्ड सेनिटाइजर, सोही कम्पनीको क्लिन ह्याण्ड सेनिटाइजर, कुम–कुम हर्वल इष्ड्रष्जि बनेपाबाट उत्पादित कुम–कुम इन्ड्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, सोही कम्नपीको इन्स्ट्याण्न्ट ह्याण्ड सेनिटाइजारविरुद्ध कारबाही गरेको विभागले जनाएको छ।

त्यसैगरी, ललितपुर महालक्ष्मी ओम आरोग्य ह्याण्ड सेनिटाइजर, साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर काठमाडौं, कालिका सोप एण्ड केमिकल्स् काठमाडौंबाट उत्पादित ड्रोप सेनिटाइजर, सोही कम्पनीबाट उत्पादित ड्रोन ह्याण्ड सेनिटाइजर क्लरलेस पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ।

यस्ता सेनिटाइजरको प्रयोगल जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकोले उपभोक्ताहरुले यी कम्पनीका सेनिटाइजर प्रयोग नगर्न विभागले सुझाएको छ। यी सेनिटाइजहरु अनुगमनका क्रममा मानव स्वास्थ्यको लागि हानिकारक मिथानोल नामक तत्वको बढी मात्रा र अन्य हानिकारक रसायनको मिसावट पाइएकोले प्रयोगनमा प्रतिबन्ध लगाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उनका अनुसार हाल विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका ठूला सहरहरुमा समेत यसको अनुगमन सुरु भइसकेको छ। यस्ता सेनिटाइजर प्रयोग भएमा हात चिरा पर्ने, छालामा खस्रोपना आउने हुन्छ।